दोलखामा बाढीले तीन घर बगे, एक जना बेपत्ता

दोलखाको गौरीशङ्कर गाउँपालिका-९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एक जना बेपत्ता भएका छन् भने तीनवटा घर बगेका छन् ।

शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशङ्कर-९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए । वडाध्यक्ष शेर्पाका अनुसार बाढीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

छ्योतछयोत सिमिगाउँकी जाङ्मु शेर्पा करिब ३० वर्षदेखि गौरीशङ्कर-९, डोडाङमा होटल व्यवसाय गर्दै आएकी थिइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर