अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी भिसा शुल्क दोब्बरले बढायो

अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा शुल्क दोब्बरभन्दा बढीले बढाएको छ । सरकारले तत्काल प्रभावकारी रूपमा अष्ट्रेलियामा अध्ययनका लागि आवेदन दिने विदेशी विद्यार्थीहरूको शुल्क पहिले ७१० अष्ट्रेलियाली डलर रहेकोमा बढाएर १६ सय अष्ट्रेलियन डलर पुर्‍याएको हो ।

गृह मामिलामन्त्री क्लेयर ओ’निलले शिक्षामन्त्री जेसन क्लेयर, सीप तथा तालिममन्त्री ब्रेन्डन ओ’कनर र अध्यागमनमन्त्री एन्ड्र्यु गिल्ससँगको संयुक्त विज्ञप्तिमा यो वृद्धि सरकारको योजनाको एक हिस्सा भएको बताए । परिवर्तनहरूले अन्तर्राष्ट्रिय शिक्षा प्रणालीमा अखण्डता पुनर्स्थापित गर्न र अष्ट्रेलियाका लागि राम्रो र राम्रोसँग डेलिभर गर्न सक्ने आप्रवासन प्रणाली सिर्जना गर्न मद्दत गर्ने बताए ।

अष्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स (एबीएस) को आधिकारिक तथ्यांकअनुसार सेप्टेम्बर २०२३ को अन्त्यसम्म १२ महिनामा अष्ट्रेलियामा नेट विदेशी बसाइँसराइको रेकर्ड ५ लाख ४८ हजार ८ सयमा पुगेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर