मुकुलको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने रास्वपाको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालै निलम्बनमा परेका पार्टीका महामन्त्री डा मुकुल ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । बुधवार बसेको केन्द्रीय कमिटी बैठकले महामन्त्रीको प्रतिवेदन मिडियामा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
पार्टीको निर्णयमा भनिएको छ–बैठकमा महामन्त्रीको प्रतिवेदन सार्वजनिक नगर्ने बहुमत सदस्यको अभिमत भएतापनि पार्टी सभापतिले उक्त प्रतिवेदन सार्वजनिक गर्न पुनः प्रस्ताव गर्नुभयो । तदनुरुप महामन्त्रीको प्रतिवेदन मिडियामा सार्वजनिक गर्ने निर्णय गरियो ।
बैठकमा सबैले महामन्त्रीको समीक्षा प्रतिवेदन तथा पार्टी सञ्चालनका विविध पक्षहरूमा प्रश्नसहित आआफ्नो अभिमत राखेका थिए । बैठकमा बोल्ने अधिकांशले महामन्त्रीको आलोचना गरेका थिए ।
पार्टी बैठक सामाजिक सञ्जालमार्फत लाइभ गर्नुपर्ने आफ्नो माग पारित नभएपछि महामन्त्रीले आफ्नो लोकतान्त्रिक अधिकार हनन भएको भन्दै कालो पट्टी बाँधेर बैठकमा सहभागी भएका थिए । तत् पश्चात् बैठकको निर्देशन बमोजिम सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले महामन्त्रीले पेस गरेको समीक्षा प्रतिवेदन वाचन गरेर प्रस्तुत गरेका थिए ।
- एनएमबि बैंकले सौर्य ऊर्जा र जलविद्युत विकासको लागि कोष र प्राविधिक सल्लाह ल्याउँदै
- आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक : अर्थमन्त्री पौडेल
- संविधानको मर्म विपरीत अधिकारहरू कटौती गर्दैनौँ : कार्यवाहक प्रधानमन्त्री सिंह
- न्यायपरिषद्लाई नेपाल बारको चेतावनी- यथास्थितिमा न्यायाधीश नियुक्त गरे बहिष्कार गर्छौैं
प्रतिक्रिया