गृह मन्त्री लामिछानेविरुद्धको रिटमा आज पनि सुनवाइ हुने
२० असार २०८१ ७:२६
गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । मङ्गलवार पनि बहस नसकिएपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
मङ्गलवार दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेका थिए । आज रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् ।
अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै रिट दायर गरेका थिए ।
- एनएमबि बैंकले सौर्य ऊर्जा र जलविद्युत विकासको लागि कोष र प्राविधिक सल्लाह ल्याउँदै
- आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक : अर्थमन्त्री पौडेल
- संविधानको मर्म विपरीत अधिकारहरू कटौती गर्दैनौँ : कार्यवाहक प्रधानमन्त्री सिंह
- न्यायपरिषद्लाई नेपाल बारको चेतावनी- यथास्थितिमा न्यायाधीश नियुक्त गरे बहिष्कार गर्छौैं
प्रतिक्रिया