नागढुंगा-नौबिसे सडकखण्ड आज र भोलि राति बन्द हुने
१९ असार २०८१ १९:३५
त्रिभुवन राजमार्ग (नागढुंगा-नौबिसे सडक खण्ड) बुधबार र बिहीबार रातीको समयमा पूर्ण रुपमा बन्द हुने भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङले बुधबार एक सूचना जारी गर्दै बुधबार र बिहीबार राति १० बजेदेखि बिहान ३ बजेसम्म उक्त क्षेत्रमा सवारी आवागमन पूर्ण रुपमा रोक लगाइने बताएको छ।
नौबिसे खोलाको पुलमा काम गर्न सहज बनाउनु साथै सडक प्रयोगकर्तालाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्न जाने देखिएकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुई दिन उक्त क्षेत्रमा राति १० बजेदेखि बिहान ३ बजेसम्म सवारी आवागमनलाई रोक लगाएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।
- वायुसेवा निगमले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने
- जुम्लामा नूनको अभाव छैन : साल्ट ट्रेडिङ कर्पोरेसन
- ३० वर्षे सेवा अवधि : २१ प्रहरी अधिकृतले फिर्ता लिए सर्वोच्चमा दायर रिट
- सेवाग्राहीको समस्यालाई सम्बोधन गर्दै जिम्मेवारी वहन गर्न निमित्त प्रहरी महानिरीक्षकको निर्देशन
प्रतिक्रिया