गृहमन्त्री लामिछानेविरूद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा

पदबाट निलम्बन गर्न माग गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध परेको रिटमाथिको सुनुवाइ मंगलबार पनि सकिएन ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा मंगलबार दिनभर बहस भए पनि नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।

गत असार ७ गते पनि यही इजलासमा दिनभरजसो सुनुवाइ भएको थियो ।

लामिछानेलाई मन्त्रीबाट निलम्बन गर्न माग गर्दै अनुपम भट्टराईले सर्वाेच्च अदालतमा रिट हालेका थिए ।

सहकारी ठगी प्रकरणमा लामिछानेविरूद्ध समेत जाहेरी परेको दाबी गर्दै उनी गृहमन्त्रीका रूपमा रहन नमिल्ने जिकिर रिटमा गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर