युरोकप फुटबल : पोर्चुगल क्वार्टरफाइनलमा

जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलमा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरको छ । गएराति भएको खेलमा स्लोभेनियालाई ३–० गोलले हराउँदै पोर्चुगल अन्तिम ८ मा प्रवेश गरेको हाे ।

निर्धारित ९० मिनेटको समयमा दुवैतर्फबाट कुनै गोल नभएपछि खेल अतिरिक्त समयमा गएको थियो । उक्त ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

पोर्चुगलको जितमा गोलरक्षक डिएगो कोस्टाले तीनवटा पेनाल्टी विफल पारेका थिए । पोर्चुगलले अब क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर