लगानी सम्बन्धि कानूनहरुलाई लगानीमैत्री बनाउनुपर्ने राष्ट्रिय आवश्यकता : उद्योगमन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सम्बन्धि कानूनहरुलाई लगानीमैत्री बनाउनुपर्ने राष्ट्रिय आवश्यकता रहेको बताएका छन् ।

सोमवार प्रतिनिधि सभामा भएको लगानी सहजिकरण सम्बन्धी ऐन छलफलमा भाग लिँदै यस्तो बताएका हुन् । उनले लगानी सहजिकरण सम्बन्धी मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्ने गरी समेटिएको बताए । उनले लगानी सहजिकरण सम्बन्धी ऐनमा सत्ता र प्रमुख प्रतिपक्ष सबैका भावनाहरुलाई मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यको साथ समेटिएको बताए ।

उनले भने,‘ लगानी सहजिकरण सम्बन्धी ऐनमा सत्ता र प्रमुख प्रतिपक्ष सबैका भावनाहरुलाई मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यको साथ समेटिएको छ । कानूनहरुलाई लगानीमैत्री बनाउनुपर्ने राष्ट्रिय आवश्यकता छ । राष्ट्रिय चुनौतीलाई राष्ट्रिय एकताको भावबाट सम्बोधन गर्नु पर्ने जुन आवश्यकता छ । त्यो कुरालाई ध्यानमा राखेर सबै संशोधनका पक्षलाई स्वीकार गरेको छु । यो भन्दा पनि अन्य प्रर्याप्त कानूनहरु संशोधनको आवश्यकता छ । संशोधनकर्ताहरुले राख्नु भएको विचारहरुलाई स्वीकार गरेको छु ।’

उनले राष्ट्रिय चुनौतीलाई राष्ट्रिय एकताको भावबाट सम्बोधन गर्नुपर्ने आवश्यकता ध्यानमा राखेर सबै संशोधनका पक्षलाई स्वीकार गरेको बताए । उनले अन्य पर्याप्त कानूनहरु संशोधनको आवश्यकता रहेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *