ठमेलको होटलबाट १ किलो कोकिनसहित दुई तानजेनियन पक्राउ
१७ असार २०८१ १३:१७
काठमाडौं महानगरपालिका–१६ ठमेलस्थित होटल ग्यालेरीबाट अवैध लागूऔषध कोकिन १ किलो २ सय ४७ ग्राम ७६ मिलिग्रामसहित २ जना तानजेनियन नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तानजेनियन नागरिकहरू ५२ वर्षीय रामाधानी सिम्बा र ५६ वर्षीय त्वालिब किपेभु छन् ।
लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर २०४ बाट रामाधानीलाई जुसको बट्टाभित्र ३५ वटा क्याप्सुलमा रहेको ६ सय ६ ग्राम ५५ मिलिग्राम र सोही होटलको कोठा नम्बर २०५ बाट त्वालिबलाई जुसको बट्टाभित्र ३७ वटा क्याप्सुलमा रहेको ६ सय ४१ ग्राम २१ मिलिग्राम कोकिनसहित पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया