राष्ट्रियसभा बैठक बस्दै
१७ असार २०८१ ७:५४
संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
आजको बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षक अन्तर्गत मन्त्रालयगत छलफल हुनेछ ।
आज वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत छलफल हुनेछ ।
यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
- भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्नुहुनेछ : परराष्ट्रमन्त्री डा.राणा
- रविले प्रधानमन्त्रीलाई भने- न्यूयोर्कबाट आँखा नसन्काउनुस्, फर्किनुस्, बसेर कुरा गरौ
- चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिक रुपमा फर्किँदै
- नेपाल-भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
प्रतिक्रिया