![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय महिला पक्राउ
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय महिला पक्राउ](https://www.pardafas.com/wp-content/uploads/2023/03/Arrest.jpg)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाइछिपाइ भन्सार छलेर लैजान लागेको सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
२२० ग्राम तौलको सुनको बाला ४ थान र औंठी १ थानसहित भारतीय महिला ३२ वर्षीया बेथलेहमलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
फ्लाई दुबाईको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरिएको हो । उनको जाँच गर्दा चाँदीको लेप लगाइएको सुनका गहना फेला परेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।
प्रतिक्रिया