सुदूरपश्चिममा भागबण्डा मिलाउन मन्त्रालय फुटाएर बिनाविभागीय मन्त्रीहरूलाई जिम्मेवारी

सुदूरपश्चिम प्रदेश प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रालयका संख्या फुटाएर १० पुर्‍याएका छन् । सत्ता गठबन्धनबीच भागबण्डा मिलाउन प्रदेशका चारवटा मन्त्रालय फुटाएर बिनाविभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिइएको हो । यससँगै सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित मन्त्रालयको संख्या दश पुगेको हो ।

मुख्यमन्त्री सोडारीले आइतबार भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर मन्त्रालय थप गरेका हुन् ।

जेठ २८ गते नियुक्त भएका बिनाविभागिय मन्त्रीहरूलाई आइतबार मन्त्रालय फुटाएर जिम्मेवारी दिइएको हो । मुख्यमन्त्री सोडारीले मन्त्रालय विभाजन गरेर बिनाविभागीय पाँच जना मन्त्रीलाई जिम्मेवारी दिएका हुन् ।

भौतिक पूर्वाधार मन्त्रालय फुटाएर बनाइएको मन्त्रालयमा नेकपा (माओवादी केन्द्र) का अक्कल रावललाई जलस्रोत तथा शहरी, नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै गरेर सामाजिक फुटाएर माओवादीका ओमविक्रम भाट सरललाई स्वास्थ्य महिला तथा बालबालिका र माओवादीकै लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्री बनाइएको छ ।

यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर नेकपा (एमाले) का वीरबहादुर थापा पातललाई वन तथा सहकारी र नेकपा (एकीकृत समाजवादी) की माया पन्तलाई उद्योग, वाणिज्य, पर्यटन र संस्कृतिमन्त्री बनाइएको छ । एमालेकै हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ २८ गते सात जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । तीमध्ये यी ५ जनाले जिम्मेवारी पाएका थिएनन् । यसअघि एमालेका सुरेन्द्रबहादुर पाल आर्थिक मामिला र जेठ ६ मा उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार र जेठ १८ टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर