कम्युनिष्टबीच एकता हुन आवश्यक छः युवराज ज्ञवाली

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले कम्युनिष्टहरुको बीचमा एकता हुन आवश्यक रहेको बताएका छन्।

काठमाडौंमा शनिवार पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कम्युनिष्ट एकता देशका लागि धेरै महत्वपूर्ण रहेको बताए। उनले कम्युनिष्टहरुको बीचमा एकता नभइ देश समृद्ध बन्न नसक्ने बताए।

उनले देशको राजनीति र विशेषताले देशमा भएका सबै राजनीतिक दलहरु मिल्नुपर्ने देखाएको बताए। उनले सबै कम्युनिष्ट राजनीतिक दलहरुको उद्देश्य देशलाई अघि बढाउने भएकाले सबै एक् भएर अघि बढ्न आवश्यक रहेको बताए।

उनले कम्युनिष्टहरु फुटेर नभए जुटेर अघि बढ्न आवश्यक रहेको बताए। उनले नेपाली जनता, राजनीतिक पार्टी, कम्युनिष्टहरु एकतावद्ध भएर जाने हो भने संसारका कुनैपनि तागतले केही गर्न नसक्ने बताए।

उपाध्यक्ष ज्ञवालीले कम्युनिष्टका अगाडि अहिले धेरै ठूला चुनौती र सम्भावना रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *