नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छ : घनश्याम भुषाल

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुने बताएका छन्।

शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफूहरूले समस्या समाधान गर्नुपर्ने कुरालाई ध्यानमा राखेर कार्यक्रम ल्याउने बताए।

उनले समाजवादी कार्यक्रम ल्याउने, स्थापित गर्ने, मुलुकमा वाम विकल्प दिने गरी नेतृत्व निर्माण गर्ने प्रतिवद्धता जनाए।

उनले विगतमा असाधारण वाम विकल्प रहेको र अहिले भत्किएको भन्दै त्यसलाई समेत् जोड्ने गरी नेतृत्व चयन हुने बताए।

समाजवादी कार्यक्रमलाई बोक्ने शक्ति निर्माण गर्ने महासचिव भुषालकाे भनाइ छ।

उनले पार्टीको महाधिवेशनबाट पारित दस्तावेजले दशकौंसम्म कम्युनिष्ट आन्दोलनलाई दिशा निर्देशित गर्ने पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *