![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
काठमाडौँ हिँडेकी महिलाको मेलम्ची नदीमा शव फेला
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![काठमाडौँ हिँडेकी महिलाको मेलम्ची नदीमा शव फेला](https://www.pardafas.com/wp-content/uploads/2022/10/death-body-nepal.jpg)
सांकेतिक फाइल फाेटाे ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ तालामाराङमा एक महिलाको शव फेला परेको छ । आज बिहान अन्दाजी २२ वर्षीय निशाकुमारी तामाङको शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख, प्रहरी निरीक्षक भगवती तिमिल्सेना जानकारी दिए ।
हेलम्बु गाउँपालिका–५ की तामाङको मानसिक सन्तुलन ठीक नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । परिवारसँग हिजो काठमाडौँ जान्छु भनेर हिँडेकी उनी हेलम्बु गाउँपालिका–२ चिउरीखर्कस्थित खोला तर्दै गरेका देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । शव परीक्षणका लागि काठमाडौँ पठाइएको तिमिल्सेना जानकारी दिनुभयो ।
प्रतिक्रिया