अमेरिकाका लागि नेपाली राजदूत खत्री स्वदेश फिर्ता

अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री स्वदेश फर्किएका छन् ।

सरकारले अमेरिका, भारतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाएपछि खत्री बुधबार अमेरिकाबाट नेपाल प्रस्थान गरेका हुन् । उनलाई दूतावासका उपप्रमुख कुमारराज खरेल र अन्य कर्मचारीले विमानस्थलमा बिदाई गरेका थिए ।

‘दूतावास परिवार राजदूत खत्रीको कुशल नेतृत्व र उनको कार्यकालको क्रममा राष्ट्रसेवाका लागि आभारी छ,’ दूतावासले उल्लेख गरेको छ । खत्रीले सन् २०२२ मार्च १२ मा राजदूतको जिम्मेवारी सम्हालेका थिए ।

अमेरिकाका लागि नयाँ राजदूतमा सरकारले चन्द्रकुमार घिमिरेलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *