अविरल वर्षापछि खसेको पहिरोले देशका यी सडकहरू छन् अवरूद्ध

मनसुन भित्रिएसँगै पछिल्ला केही दिनयता भइरहेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । देशका विभिन्न स्थानमा अविरल वर्षापछि पहिरो खस्दा तथा डुबान हुँदा जनधनको क्षति भएको छ भने सडकहरू अवरूद्ध भएका छन् ।

अविरल वर्षाका कारण बुधबार बिहान पहिरो खस्दा चितवन, जाजरकोट, कालिकोट, लमजुङ, अछाम र म्याग्दीलगायत जिल्लाका सडक अवरूद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-६, जलबिरेमा पहिरो खस्दा सडक अवरूद्ध भएको छ ।

जाजरकोटको भेरी नगरपालिका-१, रिम्नास्थित डोल्पा-जाजरकोट सडकखण्ड, कालिकोटको खाँडाचक्र नगरपालिका-७, पिलीस्थित कर्णाली राजमार्ग, लमजुङको बेँसीशहर नगरपालिका-६, खरखरेस्थित बेँसीशहर-मनाङ सडकखण्ड, अछाम पहिरोले अवरूद्ध भएका छन् ।

यस्तै लमजुङको साँफेबगर नगरपालिका-१३, बुढाबगरस्थित साँफे-मार्तडी सडकखण्ड र म्याग्दीको रघुगंगा गाउँपालिका-१, तिप्ल्याङस्थित बेनी-जोमसोम सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएका हुन् ।

प्रहरीले पहिरो गएर अवरूद्ध भएका सडकहरू खुलाउन सम्बन्धित निकायसँगको समन्वयमा प्रयास गरिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर