‘मन्त्रीहरूले सिंहदरबारबाट निर्देशन दिने होइन, कार्यस्थल पुगेर गुनासो सुन्ने हो’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कर्मचारीमा उत्साह जगाउन कार्यस्थलमा गएर गुनासो सुन्न आवश्यक रहेको बताएका छन् ।

बुधबार ताहचलस्थित श्रम विभागमा विभागबाट भइरहेका काम र कर्मचारीको अवस्थाको अनुगमनका क्रममा मन्त्री अर्यालले सो कुरा बताएका हुन् ।

उनले मन्त्रीहरूले मन्त्रालयमा बसेर निर्देशन दिनेभन्दा कार्यस्थलको अध्ययन र अनुगमन गरी कर्मचारीहरूलाई उत्साह जगाउन आवश्यक रहेको बताए ।

उनले एक घण्टामा श्रम स्वीकृत गर्ने काम कार्यान्वयनमा ल्याएपछि विभागले सेवाग्राहीलाई कसरी सेवा दिइरहेको छ भन्ने विषयमा अनुगमन गर्न कार्यस्थलमा गएको बताए । एक घण्टामा अनलाइनमार्फत श्रम स्वीकृत हुने व्यवस्थाले श्रम विभागमा श्रम स्वीकृतिका लागि आउनेहरूको कमी देखिएको बताए ।

उनले श्रम विभागबाट हुने सेवामा सुधार भएसँगै सेवाग्राही विभागमा धाउनुपर्ने अवस्था अन्त्य भएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *