रास्वपालाई सहकारी ठगीबाट सभापति जोगाउने चिन्ता मात्रै छः शर्मा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले रास्वपालाई सहकारी ठगीबाट पार्टी सभापतिलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनमा उनले आफ्नो दलको सभापतिलाई सहकारी ठगीबाट कसरी जोगाउन सकिन्छ ? भन्ने चिन्ता रहेको पार्टीले देश बनाउन नसक्ने बताएका हुन् ।

उनले एमालेप्रति लक्षित गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टि–इस्टेट प्रकरणबाट जोगाउन लागिपरेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदलाई दमदार बनाउनुपर्छ भन्नेगरी काम गर्न नसकेको पनि उनले आरोप लगाए । प्रधानमन्त्री दाहालको ध्यान गणित मिलाएर सरकारमा रही रहने कुरामा मात्रै रहेको उनको भनाइ थियो ।

‘प्रधानमन्त्रीको पद शानदार हो, शानदार मात्रै होइन, दमदार पनि हो भन्नेकुरा बिर्सिनुभएको छ । प्रधानमन्त्रीजी उपप्रधानमन्त्रीले बोलेको कुराको जवाफ दिएर बस्नुपरेको छ,’ उनले भने ।
महामन्त्री शर्माले नेपालमा आशावादी सम्भावनाहरु रहेको भए पनि त्यसलाई सही सदुपयोग गर्न नसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *