हतारमा कोशीको बजेट पारित

कोशी प्रदेशमा बजेट प्रस्तुत भएको एक सातामै पारित गरिएको छ । प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले हतारहतारमा बजेट पारित गरिएको हो ।

कोशी सरकारले असार १ मा आगामी आर्थिक वर्ष २०८१–८२ लागि बजेट ल्याएको थियो । बजेटमा चार दिनमात्र छलफल हुन सक्यो । शनिबार बसेको बैठकले विनियोजन विधेयक २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ बहुमतले पारित गरेको हो ।

कोशीका अर्थमन्त्री रामबहादुर मगरले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

चालूतर्फ १४ अर्ब ४७ करोड २३ लाख र पूँजीगत तर्फ १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थापन तर्फ २ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब ५८ करोड ५० लाखको बजेट छुट्याइएको छ ।

बजेटमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नै असन्तुष्टि जनाएका थिए । उनले आफ्ना योजना नै बजेटमा छुटेको जनाएका थिए ।

कोशी सरकारको वैधानिकताविरुद्ध परेको रिटमा आइतबारदेखि सर्वोच्चको संवैधानिक इजलासले सुनुवाइ गर्दै छ । त्यसअघि नै बजेट पारित गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर