वीरगन्ज महानगरले ल्यायो २ अर्ब ८९ करोडको बजेट

वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २ अर्ब ८९ करोड ४८ लाख रुपैयाँ बजेट ल्याएको छ ।

आज नगर सभामार्फत उपमेयर इम्तेयाज आलमले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । चालू आर्थिक वर्षमा महानगरले ३ अर्ब ५१ करोडको बजेट ल्याएको थियो ।

महानगरले चालू खर्चतर्फ २ अर्ब ४ करोड ६६ लाख अर्थात् ७०.७ प्रतिशत र पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख ८ हजार अर्थात २८.१ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

महानगरले राजस्वबाट ७९ करोड ७५ लाख, संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब, २७ करोड ९० लाख, संघीय राजस्व बाँडफाँटबाट २६ करोड ८० लाख स्रोत प्राप्त गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर