ठमेलको ए वान स्पामा नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा दुई पक्राउ

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा दुई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोर्खा सिरानचोक गाउँपालिका वडा–११ का ४१ वर्षीय कल्भिन जेम्स भन्ने रेशम गुरूङ र मकवानपुर बागमती गाउँपालिका वडा–९ घर भई हाल ललितपुर महानगरपालिका–९ बस्ने ३३ वर्षीया मखमलीमाया स्याङतान छन् ।

स्याङतानले आफू सञ्चालक रहेको काठमाडौं महानगरपालिका–२६ स्थित ठमेलको ए वान स्पा सेन्टरमा बालिकाहरुलाई डरत्रास देखाएर यौन व्यवसायमा लगाउने गरेको ब्युरोले जनाएको छ ।

उनीहरूलाई बिहीबार पक्राउ गरिएको ब्युरोको प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए । उनका अनुसार ती बालिकाहरूलाई २०८० कात्तिकदेखि स्पा सेन्टरमा राखेर यौन व्यवसायमा लगाइएको थियो ।

ब्युरोका अनुसार बालिकाहरूलाई काठमाडौं ल्याएपछि टोखा नगरपालिका वडा–११ मा सञ्चालन भएको सनफ्लावर स्पा सेन्टरमा राख्ने गरेको र मसाज गर्न आएका व्यक्तिहरूसँग २ देखि ३ हजार रूपैयाँ लिएर बालिकालाई जबरजस्ती यौन सम्बन्ध राख्न लगाउने गरेको पाइएको छ ।

उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर