६० किलो सुन तस्करी प्रकरणः मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

मुद्दा मिलाईदिन्छु भनेर रकम ठगी गर्ने दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची घर भएका ६३ वर्षीय केपी शर्मा भन्ने कृष्ण प्रसाद शर्मा र रुपन्देही घर भएका ४३ वर्षीय झविन्द्र खत्री छन् ।

६० किलो सुन तस्करी प्रकरणको थप अनुसन्धानको क्रममा अवैध सुन खरिद बिक्री वापत प्राप्त भएको रकम पेवेल नेपालको विभिन्न खातामा जम्मा गरी उक्त रकम एजेन्टमार्फत भुक्तानी लिन लगाई हिसाबकिताब मिलान गरेको पाइएको थियो ।

उक्त मुद्दाको अनुसन्धान प्रभावित पारी मुद्दा मिलाइदिन्छु भनी प्रहरी कर्मचारीको नाममा ८ लाख ५० हजार रकम लिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुमाथि आपराधिक विश्वासधात ठगी मुद्दामा जाहेरी परेको थियो । उनीहरुले अन्य प्रहरी कार्यालयहरुमा अनुसन्धानरत रहेका मुद्दाहरु मिलाइदिन्छु भनी कोही कसैलाई ठगी गरेको भए जाहेरी दिन पनि ब्युरोले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर