क्रसर व्यवसायीहरुको आन्दोलनलाई नेपाल निर्माण व्यवसायी महासंघको ऐक्यवद्धता

क्रसर उद्योग नविकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीहरुको आन्दोलनलाई नेपाल निर्माण व्यवसायी महासंघले ऐक्यवद्धता जनाएको छ ।

शुक्रवार माईतीघरमा पुगेर महासंघका महासचिव रोसन दाहालले क्रसर उद्योगीहरुको आन्दोलनमा महासंघको तर्फबाट उैक्यवद्धता जनाएका हुन् । उनले क्रसर उद्योग बन्द हुँदा सबैभन्दा ठूलो मारमा पर्ने निमाण व्यवसायी पर्ने भन्दै सरकारले अविलम्व उनीहरुका माग सम्बोधन गर्नुपर्ने बताए । उनले क्रसर उद्योग नभए निर्माण व्यवसायीका सम्पूर्ण काम रोकिने बताए ।

उनले भने, ‘क्रसर उद्योग बन्द हुँदा सबैभन्दा ठूलो मारमा पर्ने निमाण व्यवसायी हो । क्रसर उद्योग नभए निर्माण व्यवसायीका सम्पूर्ण काम रोकिन्छन् । आर्थिक वर्षको अन्तिम महिना भएकाले केही समय पर्खिनुस् भनेका थियौँ । तर त्यस्तै अवस्था आज भेटेका छौँ । महासंघले ऐक्यवद्धता रहेको छ । यहाँहरुको आन्दोलन पूर्णतया सफल होस् । काम गरेर खा भनर लाइसेन्स बाँड्ने अनि लाइसेन्स बाँडेपछि अर्कै नियम, ऐन बनाउने र त्यसले पेशा व्यवसायीहरुलाई निरुत्साहित बनाउने काम गरिरहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर