सांसदहरुलाई श्रममन्त्रीको आग्रहः मन्त्रीले गर्ने काममा राजनीति नगरिदिनुस्

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सांसदहरुलाई मन्त्रीले गर्ने काममा राजनीति नगर्न आग्रह गरेका छन् ।

बिहीबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले विकासका कुराहरुमा राजनीति नगरिदिए विकासका कुरामा देश धेरै अघि बढ्ने बताए । उनले विकासका कुरा राजनीतिक दल एकछिन बिर्सिन सके मात्रै पनि देश समृद्ध बन्ने नागरिकले सुख पाउने जिकिर गरे ।

मन्त्री अर्यालले सामाजिक सुरक्षा कोषका बारेमा सरकार गम्भीर रहेको बताए । उनले सामाजिक सुरक्षा कोषका बारेमा प्रचार प्रसार गर्न नसकिएको बताए । सरकारले आफ्नै कर्मचारीलाई सामजिक सुरक्षा कोषमा लैजान नसक्ने र निजी क्षेत्रलाई जबरजस्ती गर्नेकुरा सही नभएको उनको भनाइ थियो ।

‘सचिवालयका कर्मचारीहरु आन्दोलनमा हुनुहुन्छ त सचिवालयको कर्मचारीले पनि बाहिर उठेर हुलदंगा गरेपछि मात्रै हामी उहाँहरुका लागि वार्ता समिति बनाउने हो र ? यो संवेदनशील विषय हो । म आफैँ मन्त्री छु, सरकारमा छु, म संवेदनशील छु,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर