टी–२० अलराउन्डरको सूचीमा दीपेन्द्रको छलाङ, छैटौं स्थानमा पुगे

टी–२० पुरुष क्रिकेटर अलराउन्डरको सूचीमा नेपालका दीपेन्द्रसिंह ऐरी तीन स्थान माथि चढ्दै छैटौं स्थानमा पुगेको छ ।

क्रिकेटको सर्वोच्च संस्था आईसीसीले जारी नगरेको नयाँ सूचीअनुसार दीपेन्द्र नवौं स्थानबाट छैटौं स्थानमा पुगेका हुन् ।

सूचीको पहिलो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस, दोस्रोमा श्रीलंकाका वाहिन्दु हसरंगा, तेस्रोमा बंगलादेशका सकिल अल हसन, चौंथोमा अफगानिस्तानका मोहम्मद नाबि, पाँचौं मा जिम्बाब्बेका सिकन्दर रजा छन् ।

दीपेन्द्रभन्दा पछि भारतका हार्दिक पाण्ड्या, बेलायतका लायम लिभिङस्टोन, मोइन अली, दक्षिण अफ्रिकाका एडन मारक्रमलगायत छन् ।

दीपेन्द्र नेपाली क्रिकेट टोलीमा थ्रिडी प्लेयरका रुपमा परिचित छन् । उनी बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा उत्कृष्ट मानिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर