एमालेको सदस्यता लिएपछि पूर्वराष्ट्रपति विद्यादेवीको सुविधाबारे कांग्रेसको प्रश्न
कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपतिले कुनै पनि पार्टीको सदस्यता नवीकरण गरेपछि पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिइरहन मिल्छ वा मिल्दैन भन्ने कुराको सरकारसँग जवाफ माग गरेका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको भन्ने समाचारप्रति इंगित गर्दै पार्टी सदस्यता नवीकरणपछि पनि पूर्वराष्ट्रपतिको हैसियतमा सेवा सुविधा लिन मिल्छ वा मिल्दैन भन्नेबारे सरकारको जवाफ माग गरेका हुन् ।
संविधानतः पार्टी सदस्यता नवीकरण गर्न पाइन्छ कि पाइँदैन भन्नेबारे सरकारले संसदलाई जवाफ दिनुपर्ने उनको भनाइ थियो ।
‘पूर्वराष्ट्रपतिले एउटा कुनै पार्टीको सदस्य नविकरण गरेको समाचार सुन्नमा आयो । पार्टीको सदस्य नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन, राज्यले त्यो बारे के सोचेको छ । सरकारले त्यसको जवाफ दिओस्,’ उनले भने ।
प्रतिक्रिया