गोली लागेको अवस्थामा संसद् भवनभित्र प्रहरी जवान मृत फेला, अनुसन्धान हुँदै

संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् । प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् ।

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले गोले घटनास्थलमै मृत फेला परेको जानकारी दिए । घटनाबारे थप बुझ्ने काम भइरहेको उनले बताए । ‘शौचालयतिर गोली चलेको आवाज सुनेपछि गएर हेर्दा अन द स्पट डेथ भएको पाइयो,’ प्रवक्ता कार्कीले भने, ‘उनका साथीहरुसँग घटना हुनुभन्दा अगाडिको अवस्थाबारे बुझ्ने काम भइरहेको छ ।’ उनका अनुसार गोलेको शवलाई सिभिल अस्पतालमा पठाइएको छ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने उनले गोली हानेर आत्महत्या गरेको बताए ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर