कप्तान रोहितसँग झगडा गर्ने बंगलादेशी बलर सकिब परे आइसीसीको कारबाहीमा
टी–२० विश्वकपमा नेपाल र बंगलादेश विरूद्धको म्याचमा झगडा गर्न खोज्ने बंगलादेशी खेलाडीलाई आइसीसीले कारवाही गरेको छ ।
फास्ट बलर तान्जिम हसन सकिबलाई आचारसंहिता तोडेको आरोपमा आइसीसीले कारवाही गरेको हो । सकिब सो खेलमा म्यान अफ द म्याचसमेत बनेका थिए ।
नेपालको इनिङको तेस्रो ओभरमा तान्जिमले नेपाली कप्तान रोहित पौडेलसँग भनाभन गरेका थिए ।
उनले रोहितको शरीरमा हात लगाएको पुष्टि भएपछि आइसीसीले कारबाही गरेको हो ।
तान्जिमलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ ।
आइसीसीको खेलाडी आचारसंहिता अनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीको शरीरमा छुन पाइदैन ।
दुई खेलाडीबीचको नोकझोक टेलिभिजन लाइभमा पनि देखिएको थियो ।
तान्जिमले हातै हालेर रोहितलाई धकेल्न खोजेको देखिएको थियो ।
सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य पछ्याउनेक्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि उक्त घटना भएको थियो ।
- अवैध कल सेन्टर सञ्चालनमा पक्राउ परेका दुई चिनियाँसहित ३ जना कारागार चलान
- प्रहरीको कार्यसम्पादन सम्झौता कार्यान्वयनको अवस्था सन्तोषजनक : महानिरीक्षक कुँवर
- सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाही शीर्ष स्थानमा
- राष्ट्रिय सहरी नीतिलाई मूर्त रूप दिन तदारुकताका साथ काम गर्दैछौँ : उपप्रधानमन्त्री सिंह
प्रतिक्रिया