गृहमन्त्रीलाई सांसद जबराको प्रश्न: सुशासन, भ्रष्टाचारमुक्त समाजको नारा कहाँ गयो ?

कांग्रेसका सांसद उदय शमशेर जबराले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ‘सुशासन, नैतिकता र भ्रष्टाचारमुक्त समाज बनाउने नारा कहाँ गयो ?’ भनेर प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद जबराले गृहमन्त्री लामिछानेलाई नेपाली जनताले सुशासन, नैतिकता, भ्रष्टाचारमुक्त समाज जस्ता नारा लगाएपछि निर्वाचित गरे पनि सो अनुसार काम गर्न नसकेको बताए ।

‘यो बजेट कसको ? जनता कि सरकारको ? जनताको हो भने हामी सांसदहरू, हामी विपक्षी दलका सांसद मात्रै होइन, सत्ता पक्षका सांसदले पनि हाम्रो क्षेत्रमा कति बजेट प¥यो भनेर रातो किताब किन कुर्नुपर्ने ? हामीलाई यो भन्दा अघि हाम्रो जिल्लामा कति पैसा परेको छ ? सडक विभागले त्यहाँका सांसद, मेयर, उपमेयरलगायतका जनप्रतिनिधिलाई किन सोध्न नसक्ने ? त्यो आधारमा बजेट किन अघि बढ्न नसक्ने ? किन प्रधानमन्त्री, मन्त्री र कर्मचारीको मिलेमतोमा मात्रै बजेट छुट्टिनुपर्ने ?,’ सांसद जबराले प्रश्न गरे ।

सांसद जबराले प्रधानमन्त्री, मन्त्री र कर्मचारीहरूको मिलेमतोमा मात्रै बजेट आउने गरेकाले त्यसले जनताको भावनाको प्रतिनिधित्व गर्न नसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर