जथाभावी बजेट खर्च गरेर करको दुरुपयोग: सांसद कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले विकास खर्चमा सबै नागरिकको बराबर हक सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा शुन्य समयमा सांसद कार्कीले डोटी जिल्ला अस्पताल भवन निर्माण कार्य सुचारु हुनेगरी बजेटको व्यवस्था गर्न पनि सरकारलाई दबाब दिइन् । उनले सो अस्पतालमा आईसियु र डायलसिस सेवा तत्काल सुरु गराउन पनि सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद कार्कीेले असार मसान्तमा आएर जथाभावी बजेट खर्च नगर्न पनि सरकारलाई सचेत गराइन् ।

‘वर्षभरि काम नहुने अनि असार मसान्तसम्म चाहिँ जसरी पनि खर्च गर्नुपर्ने प्रेसरमा पर्याप्त अध्ययन नै नगरी जथाभावी अनाआवश्यक रुपमा दोहो¥याई, तेहे¥याई सडकहरु पिच गर्ने, सरकारी भवन ठेक्का लगाउने जस्ता कामले जनताको करको दुरुपयोग भइरहेको छ । यता, सुदूरपश्चिमको डोटी जिल्लामा भने राष्ट्रिय गौरवको योजना भनिएको खुटिया–दिपायल दु्रतमार्ग मात्र ८६ किलोमिटर पनि वर्षौंदेखि बजेट अभावका कारण अलपत्र छ । डोटी जिल्लाकै शिखर नगरपालिका–१० र ११ जोडने पुल ठेक्का लागेर पनि काम भएको छैन । डोटी जिल्लाको अस्पताल भवन ठेक्का लागेर पनि अन्तिम अवस्थामा आएर रोकिएको छ । आईसियू र डायलसिस सेवा सुरु हुन सकेको छैन । बिरामीहरु रिफर गर्नुपरेको छ । यी समस्याहरु यथाशीघ्र समाधान गरियोस्,’ उनले भनिन् ।

सांसद कार्कीले जथाभावी बजेट खर्च गरेर जनताको करको दुरुपयोग गर्न नहुने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर