मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप

सूर्य नेपाल गल्फ टुरको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारदेखि सुरु हुने भएको छ । खेल शुक्रबार सम्पन्न हुनेछ ।

गोकर्ण गल्फ क्लबमा हुने ७२ होलको प्रतियोगिताको विजेताले २ लाख ७५ हजार, उपविजेताले १ लाख ७५ हजार, तेस्रोले १ लाख २२ हजार र चौथोले १ लाख २ हजार र पाँचौं हुनेले ८८ हजार रुपैयाँ पाउनेछन् ।

यसैगरी शीर्ष २१ भित्र रहने गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा दुई चरणको समाप्तीपछि कट लागु हुनेछ । जसबाट शिर्ष २१ प्रोफेसनल तथा कट बनाउन एम्योचर गल्फरले अन्तिम ३६ होलमा प्रतिस्पर्धा गर्न पाउने आयोजकले बताएको छ ।

शनिबार प्रो एम च्याम्पियनसिप पनि हुनेछ, जसमा २५ प्रोफेसनर र १०० एम्योचर गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर