सांसद यादव नेसपाबाट निष्कासित
२ असार २०८१ १६:२३
नेपाल समाजवादीले प्रतिनिधिसभा सदस्य महिन्द्र राय यादवलाई पार्टीबाट निष्कासन गरेको छ । निष्कासनमा पर्नेमा प्रदेश सांसद गंगानारायण श्रेष्ठ, रमेशप्रसाद यादव लगायत छन् ।
नेपाल समाजवादीले आइतबार विज्ञप्ति जारी गर्दै पार्टीको विधान विपरीतका गतिविधिमा लागेकाले उनीहरुलाई पार्टीबाट हटाउने निर्णय गरेको जानकारी दिएको छ ।
समाजवादीले दिएको सूचनालाई निर्वाचन आयोगले पनि अद्यावधिक गरेको छ ।
यद्यपि, यादवको सांसद पद भने जाने छैन । उनी माओवादी केन्द्रको मनोनयनमा निर्वाचित भएका हुन् भने माओवादी केन्द्रकै सांसदको रुपमा प्रतिनिधिसभा छन् ।
प्रतिक्रिया