कोशी सरकारले ल्यायो ३५ अर्ब २७ करोडको बजेट
१ असार २०८१ १७:०४
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा आज उक्त बजेट प्रस्तुत गरेका हुन् । कोशी प्रदेश सरकारले पूर्वाधार विकासका लािग १० अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कृषि तथा सहकारी क्षेत्रका लागि प्रदेश सरकारले २ अर्ब ६७ करोड विनियोजन गरेको छ । स्थानीय तहलाई ४ अर्ब ५८ करोड रुपैयाँ वित्तीय अनुदान दिएको छ ।
कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत पुग्ने अनुमान गरेको छ ।
प्रतिक्रिया