अब कांग्रेसले गठबन्धन गर्दैन : महामन्त्री शर्मा
१ असार २०८१ १६:४६
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताएका छन् ।
भक्तपुरको सूर्यविनायकमा आज आयोजित सहिद राधेश्याम जोन्छेको १२औँ वार्षिकीमा उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताए । उनले गठबन्धनको अनुभव पार्टीलाई भएको भन्दै त्यसतर्फ नलाग्ने नेतृत्वको अनौपचारिक निर्णय सुनाए ।
कांग्रेसमा आन्तरिक लोकतन्त्रको राम्रो अभ्यास भइरहेको बताउँदै महामन्त्री शर्माले कांग्रेस केन्द्रमा मात्र नभई तल्लो तहदेखि नै बदलिनुपर्नेमा जोड दिए ।
- वैदेशिक लगानीलाई प्रवर्द्धन गर्न लगानी बोर्डलाई अधिकार सम्पन्न बनाउन आवश्यक : प्रमुख कार्यकारी अधिकृत ज्ञवाली
- बार अध्यक्षको आरोप– प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे
- नारायणगढ-मुग्लिन सडक खण्ड रातिको समयमा बन्द हुने
- चाडपर्व सुरक्षा कार्ययोजना : काठमाडौँमा तीन हजार सात सय प्रहरी खटिने
प्रतिक्रिया