आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न ३ सदस्यीय समिति गठन
३२ जेठ २०८१ २२:०१
गृह मन्त्रालयले आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि ३ सदस्यीय वार्ता समिति गठन गरिएको हो । उपसचिव उमाकान्त अधिकारी, प्रहरी उपरीक्षक नीरञ्जनदत्त भट्ट र शाखा अधिकृत दिनेश न्यौपाने सदस्य रहने गरी समिति गठन गरिएको हो ।
समितिले खानसँग सम्पर्क गरी शनिबार नै वार्ता गर्ने तयारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आजै खानसँग भेटघाट गरेका थिए।
- वैदेशिक लगानीलाई प्रवर्द्धन गर्न लगानी बोर्डलाई अधिकार सम्पन्न बनाउन आवश्यक : प्रमुख कार्यकारी अधिकृत ज्ञवाली
- बार अध्यक्षको आरोप– प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे
- नारायणगढ-मुग्लिन सडक खण्ड रातिको समयमा बन्द हुने
- चाडपर्व सुरक्षा कार्ययोजना : काठमाडौँमा तीन हजार सात सय प्रहरी खटिने
प्रतिक्रिया