अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी पूरा

काठमाडौँको भृकुटीमण्डमा शुक्रबारदेखि सुरु हुन लागेको अन्तर्राष्ट्रिय पर्यटन मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।

मेलाको आयोजक समिट इभेन्ट्स मार्केट्सले आज पत्रकार सम्मेलन गरी नेपालको समग्र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रबाट पहिलोपटक आयोजना गरिएको अन्तर्राष्ट्रिय पर्यटन मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै समिट इभेन्ट्स मार्केट्सका प्रबन्ध निर्देशक एवं मेलाका संयोजक विष्णु पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म जोड्न मेलाको आयोजना गरिएको जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाको मुख्य सहयोग रहेको उक्त मेलामा एक हजारभन्दा बढी अवलोकन कर्ताको सहभागिता रहने संयोजक पाण्डेले बताए । मेलामा विभिन्न समूहगत छलफल हुनेछन् । उक्त मेलाले विभिन्न देशका पर्यटन व्यवसायीलाई एकै ठाउँमा ल्याउने र यसबाट नेपालको अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवर्द्धन गर्न नयाँ अवसरको सिर्जना गर्ने विश्वास लिइएको आयोजकले जनाएको छ ।

मेलामा १६ देशका एक सय ५५ पर्यटन व्यवसायीको सहभागिता रहने पाण्डेले बताउनुभयो । मेलामा नेपाल, भारत, कोरिया, ताइवान, सिङ्गापुर, माल्दिभ्स, अमेरिका, नेदरल्याण्ड्स, श्रीलङ्का, चीन, थाइल्याण्ड, दुबई, बङ्गलादेश, भियतनाम, मलेसिया, भुटान सहभागी हुनेछन् । मेलामा एक करोडभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर