शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नैपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गनैपर्ने बेला भएको बताएका छन् । बिहीबार काठमाडौंमा डीआर पौडेलेको पाँचौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाको दुई महत्वपूर्ण कार्यभार पूरा गरिसकेको र संक्रमणकालीन न्यायको कार्यभार पनि पूरा गर्नुपर्ने बताए ।

उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामहरू पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी रहेको बताए । उनले राष्ट्रिय सहमति कायम गरेर शान्ति प्रक्रियाको बाँकी कार्यभारलाई पूरा गरेर दिगो शान्ति स्थापित गर्ने काम गर्नु आजको आवश्यकता रहेको पनि बताए ।

उनले राजनीतिक परिवर्तनलाई माध्यम र साधन बनाएर आर्थिक र सामाजिक क्षेत्रमा यसलाई बिस्तारित गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले विकास र समृद्धिको प्रक्रियालाई तीव्र बनाउनुपर्ने बेला भएको बताए ।

उनले आज एसियाकेन्द्रित भएर बदलिएको विश्व परिस्थिति र नेपालको भूराजनीतिक अवस्थितिको कारणले देखापरेको भूराजनीतिक संवेदनशीलताका चुनौतीहरूको बीचमा राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमानताको रक्षा गर्नु सहज नरहेको बताए । चुनौती र अवसरलाई सम्हालेर अघि बढ्नु नै अहिलेको राष्ट्रिय कार्यभार रहेको उनकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर