रास्वपा सांसद कार्कीको प्रस्ताव- बजेट निर्माणमा छुट्टै ऐन तर्जुमा गरौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले बजेट निर्माणका लागि सबै सांसदहरूले मिलेर छुट्टै ऐन तर्जुमा गर्नुपर्ने प्रस्ताव गरेकी छिन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले मन्त्रीहरू फेरिरहने हुनाले बजेट निर्माणको काममा तलमाथि हुन नदिन पनि सो ऐनको छुट्टै व्यवस्था हुन आवश्यक रहेको तर्क गरिन् ।

उनले सबै सांसदहरूले बजेटमा यो भएन, त्यो भएन भनेर असन्तुष्टि व्यक्त गर्नुभन्दा पनि त्यसको सुधारका लागि छुट्टै ऐन तर्जुमा गर्ने कुरामा सबै सांसदहरू अघि बढ्नुपर्ने कार्कीको भनाइ थियो । उनले बजेट निर्माणमा समस्या आउन नदिन पनि ऐनले त्यसलाई गाइड गर्नुपर्ने तर्कसमेत गरिन् । सांसद कार्कीले सो ऐनमा बजेट छलफल, त्यसको मध्यावधि समिक्षा तथा तत्कालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्य निर्धारणको विषयको पनि आवश्यक विधि बन्नुपर्ने बताइन् ।

उनले भनिन् हामी २७५ जना सांसदहरूले औपचारिक/अनौपचारिक रुपमा यो प्रस्ताव भएन, यो प्रक्रिया मिलेन, सेटिङमा गरियो । आफ्नो निर्वाचन क्षेत्रमा मात्र लगियो, यसलाई सुधार गर्नुपर्छ भनिरहँदा आउनुहोस न, संकल्प गरौं । म एउटा प्रस्ताव यहाँ अनुरोध गर्न चाहन्छु– सबै सांसदहरू मिलेर एउटा बजेट निर्माण ऐन तर्जुमा गरौं । त्यो ऐन बनाऔं । र त्यसमा स्पष्ट रुपले प्रि बजेट डिस्कसनको बारेमा राखौं । बजेट छलफलको कुरा राखौं । समीक्षाको कुरा राखौं । मध्यावधि समीक्षाको कुरा राखौं । सर्ट टर्म, मिड टर्म, लङ टर्म गोलको कुराहरू कसरी सेट गर्ने, विभिन्न योजनाहरू कसरी हामीले छुट्टयाउने भनेर ऐन नै निर्माण गरौं । किनभने अस्थिर सरकारको यो ढोङमा, यो कुर्सीको लडाईंमा मन्त्रीहरू फेरिरहन सक्छन् । तर स्थायी सरकारलाई मन्त्री फेरिए पनि ऐनमा नै बजेट यसरी निर्माण गर्ने है भनेर त्यो ऐनले गाइड गरोेस् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर