लुम्बिनी विकास कोषका पूर्वयोजना प्रमुख भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर

लुम्बिनी विकास कोषका पूर्वयोजना प्रमुख इन्जिनियर सरोज भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतले उनलाई दोषी ठहर गर्दै ६ वर्ष कैदको सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले अकुत सम्पत्ति आर्जनको मुद्दामा भट्टरार्ईलाई दोषी ठहर गरेको हो । उनलाई ८० लाख जरिवाना समेत तोकिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत २५ मा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । उनले कोषको योजनाका लागि ठेकेदारबाट ८० लाख रुपैयाँ लिएको आरोप लागेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *