बाल यौनशोषणबाट आम्दानी गरेको आरोपमा अमेरिकामा टिकटकविरुद्ध मुद्दा
अमेरिकामा टिकटकविरुद्ध मुद्दा परेको छ । बाल यौनशोषणबाट आम्दानी गरेको आरोपमा टिकटकविरुद्ध अमेरिकाको युटा राज्यले मुद्दा दायर गरेको हो ।
भिडियो स्ट्रिमिङ ऐपमा भर्चुअल स्ट्रिप क्लब चलाएको र यसबाट बाल यौन शोषण भएको आरोप छ । युटा डिपार्टमेन्ट अफ कमर्सको उपभोक्ता संरक्षण भागले जुन ३ मा मुद्दा दायर भएको हो ।
‘टिकटक लाइभमा हेरफेर गर्न सकिने सुविधा छन्, जसले बच्चाहरुको भावनात्मक, वित्तीय र यौन शोषण गरेको छ,’ मुद्दामा उल्लेख छ । जिल्ला कोर्ट साल्ट लेक काउन्टीमा मुद्दा दायर भएको हो ।
टिकटक लाभइमा दर्शकसँग कुराकानी गर्न मिल्छ र भर्चुअल उपहार पठाउन सकिन्छ, जसलाई पछि रकममा परिवर्तन गर्न सकिन्छ । भर्चुअल उपहार पठाउने प्रलोभनमा वयस्कले बच्चाहरुलाई यौनसम्बन्धी क्रियाकलापल गराउने गरेको उक्त राज्यले उल्लेख गरेको छ ।
लेनदेनमा निगरानीको कमीले यस्तो शोषण बढिरहेको र टिकटकले लाभ लिइरहेको अभियोग पत्रमा उल्लेख छ । एजेन्सी
प्रतिक्रिया