शहरी विकास मन्त्रालयले ग्रामीण क्षेत्रलाई उपेक्षा गरेको छ : रञ्जिता श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले शहरी विकास मन्त्रालयले ग्रामीण क्षेत्रलाई उपेक्षा गरेको बताएकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा शहरी विकास मन्त्रालयका कार्यक्रमहरू शहरकेन्द्रित भएको बताइन् ।

उनले बजेटले ग्रामिण क्षेत्रलाई उपेक्षा गरेको बताइन् । उनले मुलुकको समानुपातिक विकासका लागि ग्रामीण क्षेत्र र दुर्गम क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताइन् । उनले ग्रामीण क्षेत्रमा आवासीय विकासका कार्यक्रमहरू सञ्चालन गर्न सकेमा मात्र समग्र देशको विकास सम्भव रहेको बताइन् ।

उनले नेपाली सेनाले ठूला–ठूला विकास निर्माणका कामहरू ठेक्कामा लिएर पुनः अरुलाई ठेक्का लगाउने परिपाटीको अन्त्य गर्नु आवश्यक रहेको बताए । उनले सेनाले लिएको ठेक्कामा सेनाकै जनशक्ति परिचालन गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर