अर्थमन्त्रीले एनसेललाई केन्द्रित गरेर आर्थिक विधेयकको धारा ५७ मा छुट दिने व्यवस्था गरे : पूर्वअर्थमन्त्री महत

नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको तीन महिना र बजेटले मुलुकको अर्थतन्त्र गलत दिशामा ल्याउने काम गरेको बताएका छन् ।

बुधवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा.महतले यस्तो बताएका हु् । उनले वर्तमान सरकारको तीन महिनामा नेपाली जनता र मुलुकको अर्थतन्त्रमा निराशा थप्ने काम मात्रै गरेको आरोप लगाए । उनले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई निरासा जनक अवस्थामा पु¥याउने र आफू अनकुलका व्यक्ति र आयोजनामा खर्च गर्ने काम गरेको बताए । उनले बजेट र सरकारको क्रियाकलापले अर्थतन्त्रलाई गलत दिशामा लैजाने खतरा देखिएको उल्लेख गरे । सरकारले बजेटमा ३ करोड भन्दा तलका योजना नराख्ने प्रतिवद्धता तोडेको बताए । बजेटमा मन्त्रालयमा राखिएको बजेट आफू अनकुलका मान्छेहरुबाट सञ्चालित संस्थाहरु अनगिन्ती रुपमा संस्कृति मन्त्रालय,सहरी विकास मन्त्रालयबाट साना योजनामा रकम छरिएको धारणा राखे । उनले संसदमा भइरहेको मन्त्रालयगत छलफलले बजेटमा थप निरासा गराएको बताए । उले सरकारले बजेट विनियोजनमा व्यापक दुरुपयोग गरेको उल्लेख गरे । उनले अर्थमन्त्रीले आर्थिक विधेयकमा एनसेललाई केन्द्रित गरेर निहित उदेश्यका साथ धारा ५७ अन्तर्गतमा छुट दिने व्यवस्था गरेको बताए ।

उनले भने,‘पहिला देखि भन्दै आएको छु । सरकारको लगानी ठिक ठाउँमा गएको छैन । त्यसले गर्दा परिणाम आइरहेको छैन । आर्थिक वृद्धि भइरहेको छैन । संघ संस्थालाई पैसा नदिने भनेका थियौं । अहिले संघसंस्था र आफू अनकुलका मान्छेहरुबाट सञ्चालित संस्थाहरु अनगिन्ती रुपमा संस्कृति मन्त्रालय,सहरी विकास मन्त्रालयबाट साना योजनामा रकम छरिएको छ । ३ करोड भन्दा तल बजेटका योजना नराख्ने कुरा अर्थमन्त्रीले तोड्नु भयो । अहिले जति मन्त्रालयगत छलफल चलिरहेको छ । उति ज्याँदा बजेटले निरासा गराएको छ । पूर्वाहपूर्ण र बेथितिलाई प्रोत्साहन गर्ने र प्राथमिकता भए पनि नभए पनि आफ्नाले भनेको ठाउँमा बजेट विनियोजन गरी वितरण गर्नेगरी बजेट विनियोजन भएको छ । सरकारले बजेट विनियोजनमा व्यापक दुरुपयोग गरेको छ । बजेटले आफू अनकुलको बजेट भएन भन्न बाहेक अरु केही रहेन्छ । आर्थिक विधेयकमा एनसेललाई केन्द्रित गरेर एउटा उदेश्यका साथ धारा ५७ अन्तर्गतमा छुट दिएका कुराहरु आइरहेका छन् । बजेट र सरकारको तीन महिना कार्यकाल समग्रमा नेपाली जनतालाई थप निरास बनाउने,अर्थतन्त्रलाई निरासा जनक अवस्थामा पु¥याउने र आफू अनकुलका व्यक्ति र आयोजनामा खर्च गर्ने निषर्क हो । बजेट र सरकारको क्रियाकलापले अर्थतन्त्रलाई गलत दिशामा लैजाने देखिइएको छ ।’

उनले सरकारले पूर्वाहपूर्ण ,बेथितिलाई प्रोत्साहन गर्ने र प्राथमिकता भन्दा पनि आफ्नाले भनेको ठाउँमा बजेट विनियोजन गरी वितरण गर्नेगरी बजेट विनियोजन भएको धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर