जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध चयन

जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध चयन भएका छन् ।

जनपुरमा जारी जसपा नेपालको प्रथम महाधिवेशमा उनी अध्यक्षमा निर्विरोध चयन भएका हुन् । अध्यक्षमा उनको एकल उम्मेदवारी परेको थियो । यादव उक्त पार्टीको स्थापनायता अध्यक्ष छन् ।

हालै जसपा नेपाल विभाजन भएको थियो । अशोक राई नेतृत्वमा जसपा गठन भएको छ । त्यसपछि यादवले पार्टीको प्रथम महाधिवेशन आयोजना गरेका हुन् ।

पार्टीका अन्य पदमा उम्मेदवारी परे पनि नामावली सार्वजनिक भएको छैन । महाधिवेशन बाट २०१ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर