वीरगन्जका गोदाममा सशस्त्र प्रहरीको छापा, ४४ लाखको अवैध सामान बरामद
सशस्त्र प्रहरी बलले पर्सास्थित वीरगन्ज महानगरपालिका–१९ बर्वा लगायत स्थान रहेका गोदाममा मंगलबार राति छापा मारेर ४४ लाखभन्दा बढीको अवैध सामान नियन्त्रणमा लिएको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको टोलीले वीरगन्ज भन्सार कार्यालयका कर्मचारी समेतको उपस्थितिमा गोदाममा छापा मारेको थियो । सशस्त्र प्रहरीले सौन्दर्य क्रिम, मुङ दाल, मोटर पार्ट्स तथा अन्य अवैध सामान बरामद गरेको हो ।
बरामद सामानमा १४ लाख ५९ हजार रुपैयाँ बराबरको लेक्मी ब्राण्डको क्रिम १४ हजार ५ सय ९२ पिस, सोही ब्राण्डको ८ लाख ६ हजार रुपैयाँ बराबरको १६ हजार १ सय २८ पिस क्रिम छन् । अर्को गोदामबाट लाख रुपैयाँ बराबरको ३ हजार किलो दाल समेत बरामद भएको छ ।
वीरगन्ज–१० बाट अवैध रुपमा राखिएको ११ लाख रुपैयाँ बराबरको मोटर पार्ट्स र १० लाख ७५ हजार मुल्य बराबरको किराना सामान समेत बरामद गरेको छ । बरामद सामान बुधबार बिहान आवश्यक अनुसन्धान तथा कारवाहीको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
प्रतिक्रिया