क्यानको नेतृत्वमाथि छानबिन गर्न आयोग गठनको माग

एमाले सांसद भीमप्रसाद आचार्यले आईसीसी टि–२० प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान) को तर्फबाट आर्थिक अनियमितता भएको भन्दै छानबिनको लागि आयोग गठन गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले क्यान नेतृत्वबाट अनियमितता भएको समाचारहरु आएका भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न आयोग गठन गर्न माग गरेका हुन् ।

खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेर नेपाललाई हराउने षड्यन्त्र गरिएको उनले बताए ।

‘अमेरिका र वेस्ट इण्डिजको संयुक्त आयोजनामा टि–२० विश्वकप क्रिकेट प्रतियोगिता चलिरहेको छ । प्रतियोगितामा क्यानको नेतृत्वबाट अनेकौँ खालका गलत कामहरु भइरहेको र अनियमितता भइरहेको गुनासो आएकोले सरकारले यथाशिघ्र रोक्नुपर्ने जरुरी भएकोले यो कुरा उठाएको छु । टोलीको सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेका कारणले उनले भिसा पाएनन् । र जिताउन लाग्नुपर्ने क्यानको नेतृत्व राम्रो खेलाडीलाई हराएर किन टिम बनायो ? नेपाललाई हराउने खालको कि जिताउने खालको काम गरेको हो ? नेपालीहरुले प्रश्न गरिरहेका छन्,’ उनले भने ।

उनले अगाडि भने, ‘डाक्टरलाई कटाएर एकजना महिलाको नाम पठाइयो । आईसीसीले अस्वीकार ग¥यो । जसले गर्दा नेपालको प्रतिष्ठामा ठूलो आघात पारेको छ । खेलाडीको साख बेचेर, खेलाडीलाई होटेलमा उभ्याएर चन्दा उठाएर दुरुपयोग गरिएको भन्ने गुनासो आएको छ । अवैध रुपमा जर्सीहरु अमेरिका लगेर नेपालीहरुलाई महङ्गोमा विक्रि गरेको र त्यो रकम पनि हिनामिना गरेको भन्ने गुनासाहरु आएका छन् । खेलाडीले हस्ताक्षर गरेका ब्याट र टिसर्ट मर्यादाहिन ढंगले विक्रि गरि हिनामिना गरेको भन्ने कुरा पनि आएका छन् । अमेरिकामा बस्ने नेपालीबाट अवैध रुपमा चन्दा उठाइ क्यानको खातामा नराखी दुरुपयोग गरेको भन्ने गुनासो आएको छ, आइसिसी टी ट्वान्टी प्रतियोगितामा नेपाललाई हराउन गरिएको षड्यन्त्र, आर्थिक अनियमितता र भइरहेका जुन आरोप लागिरहेको छ, त्यो नेपालको शिर निहुराउने भएको यस्तो गलत क्रियाकलापको सन्दर्भमा निष्पक्ष छानबिन आयोग गठन गरेर सरकारले यथाशिघ्र छानविन गरोस् । दोषिमाथि कारबाही गरोस् भन्ने माग गर्न चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *