समाजवादी शक्तिहरु एकताबद्ध भएर अघि बढ्नुपर्छ : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिहरुलाई एक ठाउँमा उभिन अपिल गरेका छन् ।

जनता समाजवादी पार्टी, नेपालको महाधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उनले पार्टी विभाजन भएपछि समाजवादी मोर्चा शिथिल भएको भन्दै समाजवादी शक्तिहरुलाई एकठाउँमा उभिन अपिल गरे ।

उनले भने, ‘हामी एकताबद्ध भयौँ भने जुनसुकै चुनौतीको सामना गर्नसक्छौँ । हामी मिलेर अघि बढ्ने हो भने जस्तोसुकै कठिनाइलाई पार गर्नसक्छौँ । किनभने हिम्मत र बुलन्दीले नै सबैथोक प्राप्त गर्न सकिन्छ । जनता समाजवादी पार्टी, नेपाल चुनौतीको बीचमा छ । हामी सहयात्री हौँ, उपेन्द्रजी र हामी केही दिन अगाडिसम्म केन्द्र र प्रदेश सरकारमा सँगै थियौँ, समाजवादी मोर्चामा पनि सँगै काम गर्‍यौं, विचार र मन मिलेको छ भने एकसाथ मिलेर अगाडि बढौँ, समाजवादको ध्येय पूरा गरौँ, जसरी उपेन्द्रजीले चुनौतीको सामना गर्दा खुट्टा कमाउनु भएन र मधेश आन्दोलनको अगुवाई गर्नुभयो, त्यसरी नै जसपा नेपालका नेता कार्यकर्ताहरु समेत विचलित नभइ अघि बढ्नुपर्छ।’

उनले जसपा, नेपाल पछिल्लो समय चुनौतीको सामना गरिरहेको भन्दै जसपा नेपालले यी चुनौती तथा बाधाहरुलाई पार गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर