काँग्रेस सांसद ढुंगानाको टिप्पणी- सुशासनका घण्टी बजाउनेहरु नै त्यसको बिरुद्धमा छन्

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद आनन्दप्रसाद ढुंगानाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारसँग अधिकार बाँडफाँटको विषयमा कुरा नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर उनले प्रदेशलाई अधिकार दिने विषयमा कतिपटक प्रदेश सरकारसँग छलफल गरेको भनेर प्रधानमन्त्री दाहाललाई प्रश्न पनि गरे ।

सांसद ढुंगानाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि लक्षित गर्दै सुशासनको घण्टी बजाउनेहरूले नै मुलुकमा सुशासनको विरुद्धमा काम गरिरहेको बताए । उनले मुलुकमा सुशासन कायम गर्न सरकारसमेत सचेत नभएको आरोप लगाए ।

सुशासनका लागि घण्टी बजाएर जितेर आएका व्यक्तिले नै सुशासनको विरुद्धमा काम गरिरहेको सांसद ढुंगानाको भनाइ थियो । उनले संघीयतालाई बलियो बनाउने ऐनहरू निर्माणको काममा ढिलाइ नगर्न पनि सरकारलाई सचेत गरे ।

सांसद ढुंगानाले निजमती कर्मचारी सेवा ऐन, प्रादेशिक प्रहरी ऐन बनाउनेमा काममा आलटाल गरेको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर