नक्कली नोटसहित कलंकीबाट दुई महिला पक्राउ

नक्कली नोट कारोबारमा संलग्नताको आरोपमा दुई महिलालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले कलंकीको ह्वाइट र्याबिट रेस्टुरेन्टबाट शनिबार ४७ वर्षीया तारा देवी डंगोललाई पक्राउ गरेको हो ।

उनको साथबाट एक हजारका ५ सय १४ वटा नक्कली नोट फेला परेको छ । डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त नोट फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा नागार्जुन नगरपालिका–५ स्थित पद्म कोलनीमा बस्ने निलिमा श्रेष्ठको संलग्नता देखिएपछि उनलाई पनि पक्राउ गरिएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर