समाजवादी क्रान्तिबारे घनश्याम भुषालः एमाले व्यक्ति पूजामा, माओवादीको उमेर पुगेको छैन

एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले नेपालमा समाजवाद ल्याउन नसक्ने बताएका छन् ।

आइतबार काठमाडौंमा नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमाले समाजवादी क्रान्ति ल्याउन बनेको पार्टी नभएको जिकिर गरे । एमाले व्यक्ति पूजामा अझै केही समय अल्झिरहने र माओवादीको समाजवादी क्रान्ति ल्याउने उमेर नपुगेको र बुझ्न अझै धेरै समय लाग्ने उनको भनाइ छ ।

नेपालमा समाजवादी क्रान्ति एकीकृत समाजवादीले मात्रै ल्याउनसक्ने भन्दै उनले पार्टीको १० औं महाधिवेशनले समाजवादी क्रान्तिमा पुग्ने एउटा सन्देश दिनुपर्ने बताए ।

‘यदि हाम्रो नवौं महाधिवेशनले त्यो गलत निर्णय गरेको हुँदैन थियो भने आज समाजवादी जुन कार्यक्रम हामीले बनाएका छौँ, २०७५ सालमा नेपाली विशेषताको कार्यक्रम बनिसकेको हुन्थ्यो । कमरेड माधवकुमार नेपालले जितेको भए । हामीले ५ महिना पाएको भए हामीले त्यतिबेलै कार्यक्रम ल्याउने थियौँ । त्यो काम ०७५ सालमा गर्नु पर्दथ्यो, अहिले २०८१ मा हामी गर्दै छौँ । मुलुकले भयंकर ठूलो क्षति व्यहोरेपछि नेकपा (एकीकृत समाजवादी) ले आज गर्दै छ । हाम्रो यो सानो पार्टी नेकपा (एकीकृत समाजवादी) का काँधमा ठूलो र गम्भीर जिम्मेवारी छ,’ भुषालले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर